शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो

शनिबार, ०१ माघ २०७८, १४ : ३८
शनिबार, ०१ माघ २०७८

निषेधाज्ञाका बीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाएको थियो । 

माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुइँचो अझै बढ्दै छ । प्रशासनले प्रवेशमा रोक लगाएपनि टाढा–टाढाबाट भक्तजन पैदलै हिँडेर देवघाट पुगेका छन् । सवारी साधन लिएर समूह भएर जाने भक्तजनलाई रोक्ने र छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने प्रशासनको निर्णय थियो ।

यद्यपि देवघाटको वेणी संगममा भक्तजनको बाक्लो उपस्थिति छ । चितवनको दासढुंगाबाट तनहुँतर्फ आउने भक्तजनले जीप कारलगायतका साना गाडी लिएर पनि देवघाट पुगेका छन् । चितवनको आँपटारीबाट देवघाट पैदल जाने भक्तजनको संख्या पनि उल्लेख्य रहेको छ ।

छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने तर समूहगत रुपमा जान नदिने निर्णय भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । ‘निषेधाज्ञा खुलाइएको छैन । एक्ला–एक्लै जाने हो भने जान दिने भन्ने कुरा भएको हो’, उनले भने ।

भक्तजनको संख्या बढ्दै गएपछि देवघाटको वेणी संगम अस्तव्यस्त बनेको स्थानीय पत्रकार आशिक रानाले जानकारी दिए । ‘कतिपय भक्तजनले दासढुंगाबाट साना गाडीहरु पनि ल्याउनुभएको छ । आँपटारीबाट आउने भक्तजनको संख्या पनि उल्लेख्य छ’, उनले भने ।

त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्तिको दिन हरेक वर्ष तिर्थालुको घुँइचो लाग्ने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप