बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा समुदायमा कोरोना : परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना पुष्टि

शनिबार, ०१ माघ २०७८, १४ : ५७
शनिबार, ०१ माघ २०७८

पछिल्लो समय कैलालीमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । नमुना सङ्कलन गरिएकाको कोरोना परीक्षण गर्दा आधा भन्दा बढीमा कोरोना पुष्टि हुन थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ ले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । धनगढीको कोरोना अस्पतालमा गरिएको परीक्षण मध्ये ८३ जनामा भने नेगेटिभ  देखिएको उनले बताए ।  हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५  रहेका छन् । अस्पतालमा उपचार गरिरहेका १८ छन् भने नयाँ बिरामी थपिएका ३ रहेको उनले बताए । 

पछिल्लो २४ घण्टामा कैलालीको कैलारी गाउँपालिका ५ का ५३ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको आईसीयूमा २ र भेन्टिलेटरमा २ जना  रहेका छन् । हाल सम्म कैलालीमा मात्रै कोरोना सङ्क्रमणका कारण २१२ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप