शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ मा ३२० मा कोरोना सङ्क्रमण

शनिबार, ०१ माघ २०७८, १९ : ४२
शनिबार, ०१ माघ २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५८९ जनाको पिसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण भएको जनाएको छ । पिसीआर परीक्षणका आधारमा मोरङमा १२९ मध्ये विराटनगरमा ११३, सुनसरीमा १११, झापामा १९, धनकुटामा तीन र प्रदेश बाहिरका १० जनामा सङ्क्रमण भएको हो ।

स्थानीय पालिकाअनुसार मोरङको बूढीगङ्गामा आठ, रङ्गेली र सुन्दरहरैचामा दुई–दुई, ग्रामथान, उर्लाबारी, कटहरी र पथरी शनिश्चरेमा एक–एक, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा चार, दुहबी र हरिनगरमा दुई–दुई, इनरुवा र स्थानीय तह नखुलेका एक–एक, झापाको भद्रपुुरमा पाँच, विर्तामोडमा तीन, मेचीनगरमा दुई, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै तीन महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिम : थप २८३ जनामा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको नमूना परीक्षण गर्दा २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

पिसीआरमार्फत १२६ र एन्टिजेनमार्फत १५७ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १०४, महाकाली अस्पतालमा १४, बाजुरा जिल्ला अस्पतालमा आठ र एन्टिजेनमार्फत कैलालीका १०३, कञ्चनपुरका ४५, दार्चुला पाँच र बैतडीका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–५ का ५३ वर्षीया सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि शुक्रबार यस प्रदेशमा ३८३ जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१५ जनाको ज्यान गइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप