
भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट कोहलीले दिए राजीनामा

दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, 'म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु । म यो कुरालाई लिएर स्पष्ट छु र आफ्नो टोलीसँग बेइमानी गर्न सक्दिनँ ।'
टोलीलाई सही दिशा दिनका लागि आफूले ७ वर्ष हर दिन कठिन परिश्रम गरेको उल्लेख गर्दै उनले लेखेका छन्, 'मैले आफ्नो काम पुरा इमानदारी साथ गरेँ र कुनै कसर बाँकी राखिनँ । हरेक कुरा कुनै न कुनै मोडमा रोकिनु नै पर्छ र टेस्ट टोलीको कप्तानको रूपमा मैले रोकिनुपर्ने यही समय हो ।'
कोहलीले टी २० विश्वकप सुरु हुन अघि नै कप्तानी छाडेका थिए भने दक्षिण अफ्रिकाको शृङ्खला अघि उनलाई एकदिवसीय कप्तानबाट हटाइएको थियो । चयनकर्ताले सेतो बलको क्रिकेटमा दुईवटा कप्तान हुन नसक्ने बताएका थिए ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ