बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीलाई १३ अंकको अग्रता

शनिबार, ०१ माघ २०७८, २० : ३९
शनिबार, ०१ माघ २०७८

केभिन डि ब्रुयनाको प्रेरणामा म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । डि ब्रुयनाको एकमात्र गोलको मद्दतले सिटी आफ्नो घरेलु मैदानमा विजयी भएको हो ।

चेल्सीका पूर्व खेलाडीले खेल सकिन २० मिनेट मिनेट बाँकी छँदा निर्णायक गोल गरेका थिए । जीतसँगै चेल्सीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । उता, चेल्सीका लागि रोमेलु लुकाकुको प्रहार सिटीका गोलकिपर एडरसनले बचाऊ गरेका थिए ।

२२ खेलपछि सिटीको ५६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४३ अंक छ । दुई खेल कम खेलेको लिभरपुल सिटीभन्दा १४ अंकले पछि छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप