बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डिबलाको गोलमा युभेन्ट्स विजयी

आइतबार, ०२ माघ २०७८, ०६ : ३०
आइतबार, ०२ माघ २०७८

इटालीयन सिरी ए क्लब युभेन्ट्सले शनिबार राति भएको खेलमा सहज जित निकालेको छ ।  घरेलु मैदानमा १२ औं जित निकाल्ने क्रममा युभेन्ट्सले उडिनेसलाई २–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । 

अर्जेन्टिनी स्टार समेत रहेका पाउलो डिबलाको गोलमा युभेन्ट्सले खेलको १९ औं मिनेटमा अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्याे । 

खेलको ७९ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै २–० को सहज जित दिलाए । 

जितसँगै २२ खेलबाट युभेन्ट्सले ४१ अंक जोडेको छ र पाचौ स्थानमा छ । यता, पराजित उडिनेस २० खेलबाट २० अंक सहित १४ औं स्थानमा छ । 

गय रातिनै भएको सिरी ए को खेलमा सेलेरनिटानालाई ३–० ले पराजित गर्दै लाजियो छैटौं स्थानमा रह्यो । यस्तै टोरिनोले साम्पडोरियालाई २–१ अन्तरले पराजित गर्याे । 

सिरी ए मा २० खेल खेलेको इन्टर मिलान ४९ अंक सहित शीर्षस्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप