
एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता

युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो ।
खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए । खेलमा पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी र नेयमार भने खेलेका थिएनन् ।
जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ । ब्रेष्टको भने समान खेलबाट २५ अंक रहेको छ र १३ औं स्थानमा छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ