शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफ्रिका कप अफ नेसन्स : सलाहको गोलमा इजिप्ट विजयी

आइतबार, ०२ माघ २०७८, ०७ : ०५
आइतबार, ०२ माघ २०७८

सुडानलाई ३–१ अन्तरले पराजित गर्दै नाईजेरियाले  अफ्रिका कप अफ नेसन्समा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा जितसँगै समूह ‘डी’ मा नाईजेरियाले लगातार दोस्रो निकालेको हो र शीर्षस्थानमा रहेको छ । 

यता, अर्को खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ । 

समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ । २ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका गिनी र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप