शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु

आइतबार, ०२ माघ २०७८, १० : ४०
आइतबार, ०२ माघ २०७८

गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका(२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो । 

अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए । घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए । 

सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैंडाले नै उनलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको भिमसेनले बताए । मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । यस विषयमा निकुञ्जलाई भने केहि जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । घटनाको विषयमा अब बुझ्ने काम हुने उनले प्रतिक्रिया दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप