बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिनाले ल्याइन् गीत ‘फूलहरु मगमग’

आइतबार, ०२ माघ २०७८, १० : ४७
आइतबार, ०२ माघ २०७८

 गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘फूलहरु मगमग’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा मोडल सृजना निङ्लेखुको अभिनय देख्न सकिन्छ । 
कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी सृजनाले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय प्रशिक्षण पनि लिएकी हुन् । भिडियोमा उनले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै गरेको देख्न सकिन्छ ।
कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा  निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप