बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीको भाउ घट्यो

आइतबार, ०२ माघ २०७८, ११ : १२
आइतबार, ०२ माघ २०७८

आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घट्न पुगेको हो । 

महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, यता आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप