
‘चिसो एस्ट्रे’ को गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक

दिनेश पाल्पालीको निर्देशन रहको फिल्म हो ‘चिसो एस्ट्रे’ । आगामी चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्मले पहिलो गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरेको गीतमा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली आफैंले कोेरेका हुन् ।
अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए । गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालाई एनिमेसन गरी मार्फत देखाइएको छ ।
महेशबाबु तिमल्सिना निर्माता रहेको फिल्ममा उज्जवल बस्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्ममा यही थिममा तयार भएको छ’ निर्माता महेशबाबु तिमल्सिनाले भने ।
कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रविन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ