शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा कलाकारको मृत्यु

आइतबार, ०२ माघ २०७८, १२ : ०९
आइतबार, ०२ माघ २०७८

सडक दुर्घटनामा रुपन्देहीमा एक कलाकारको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमामा पर्ने योगीकुटी नजिक कलाकार शोभाकर पन्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

गएराति योगिकुटीबाट मगरघाटतर्फ जाँदै गर्दा उनी सवार लु ७० प १३५३ नम्बरको मोटर साइकल सडकमा रहेको खाल्डोमा खसेको थियो । उनलाई आज आइतबार आज बिहान स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

गुल्मी स्थायी घर भएका उनी रुपन्देही बस्दै आएका  थिए । उनी बुटवलमा  फोटोग्राफर र कलाकारिता क्षेत्रमा काम गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप