आमिर खानका भाञ्जाले जुही चावलालाई राखेका थिए प्रेम प्रस्ताव, नायिकाको डेब्यू फिल्ममा गरेका थिए काम
बलिउड नायिकामाथि को फिदा हुँदैनन् होला । सर्वसाधारणदेखि बलिउडकै युवा पनि, थुप्रैले नायिकालाई आफ्नो मन सुम्पिइसकेका छन् । आमिर खानका भाञ्जा अभिनेता इमरान खान पनि सानै उमेरदेखि नै एक सुन्दर नायिकालाई मन पराउने गर्दथे । किस्सा रोचक छ । दुई दिन अघि इमरानको जन्मदिनमा पूर्व मिस इन्डियासमेत रहेकी नायिका जुही चावलाले इमरानको यो रमाइलो सिक्रेट सेयर गरेकी छिन् ।
जुही चावलाले इमरानलाई जन्मदिनको शुभकामना दिँदै एउटा पोस्टमा लेखिन्, ‘इमरान जब ६ वर्षक थिए तब उनले मलाई प्रस्ताव राखेका थिए !! हिराको पहिचान त्यतिबेला देखि नै थियो उनलाई । मसँग विवाह गर्न चाहने सबैभन्दा कान्छा व्यक्तिलाई जन्मदिनको शुभकामना । तिम्रा लागि सय रुख इमरान ।’ जुहीले आफ्नो यो पोस्टमा इमरानको बाल्यकालको तस्बिर पनि साझा गरेकी छिन् ।
जुहीको डेब्यु फिल्ममा गरे कामः
इमरानले जुहीसँग उनको डेब्यु फिल्म ‘कयामत से कयामत तक’ मा काम गरेका छन् । यसमा इरानले बच्चा आमिर खानको भूमिका निभाएका थिए । पछि सन् २००८ मा निर्देशक अब्बास टायरवालाको फिल्म ‘जाने तू या जाने ना’ मा जेनेलिया डिसूजासँग इमरानले बलिउडमा डेब्यू गरेका थिए । उनलाई पछिल्लो पटक सन् २०१५ मा कट्टी बट्टीमा कंगना रानौतको अपोजिटमा देखिएके थियो । उनी फिल्मबाट टाढा भएको अब लगभग सात वर्ष बितिसकेको छ ।
८ वर्षको विवाहपछि अलग्गिए इमरान–अवन्तिकाः
इमरानको वैवाहिको जीवनबारे पनि निकै चर्चा भएको थियो । श्रीमती अवन्तिका मलिकसँग छुट्टिएको खबर असाध्यै चर्चामा आएको थियो । यी दुईका एक छोरी पनि छिन् । आठ वर्षको विवाह पछि सन् २०१९ मा यी दुई अलग बस्न सुरु गरे । अब अवन्तिका आफ्नी छोरीसँग बस्छिन् । इमरानको साउथकी नायिका लेखा वासिङ्टनसँग अफेयर भएको चर्चासमेत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ