शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते

आइतबार, ०२ माघ २०७८, १२ : १६
आइतबार, ०२ माघ २०७८

धारामा कपडा धोइरहेका दुईजनालाई बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–२ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाल र रूपा दाहाललाई सडकमा गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो । 

ना १ ज ४९५१ नम्बरको नौ जना यात्रु बोकेको बोलेरो ब्रेक फेल भएर अनियन्त्रित हुँदा धारामा कपडा धुने व्यक्तिलाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी  दिए । 

उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चोट लागेको छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप