शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल आउने तयारीमा फोटोनको ‘लाइट ट्रक अमार्क’

आइतबार, ०२ माघ २०७८, १२ : ४२
आइतबार, ०२ माघ २०७८

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ । एमएडब्लु वृद्धिले मार्चको पहिलो साता फोटोन अमार्क नेपालमा ल्याउने जनाएको छ ।
पूर्वाधार निर्माणको दायरा फराकिलो भएसँगै नेपालमा विभिन्न ब्रान्डका ट्रकहरु विक्री वितरण हुँदै आएका छन् । कुनै समय सिमित व्यवसायीहरूले मात्र प्रयोग गर्ने ट्रक अब सबै प्रकारका व्यवसायमा प्रयोग हुन थालेको छ । ट्रक भन्ने वित्तिकै ठूला र धेरै भारबहन गर्न सक्ने साधनको रुपमा बुझ्दै आएको पाइन्छ । तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुची देखाउन थालेका छन् । 

फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । फोटोन अमार्कमा क्याविनको डिजाइन उत्कृष्ट रहेको छ । यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसको रेटेड पेलोड क्यापासीटी भने ३७३० केजी रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड  एस,  १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६–सिट क्षमताको भ्यान भ्यु सीएस२ र १५–सिट क्षमताको भ्यान भ्यु सी २ का साथै  विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप