शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टिपर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

आइतबार, ०२ माघ २०७८, १३ : २४
आइतबार, ०२ माघ २०७८

मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्वर–७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

आइतबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना २ क ४३१ नम्बरको खाली टिपरले सोही दिशामा रहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको रिमालले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१२ बस्ने ५७ बर्षीय महेन्द्र रेग्मी घाइते भएका छन् । उनको उपचार जारी रहेको रिमालले जानकारी दिएको छ ।

घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ । ठक्कर दिने टिपर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप