बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोवाक अष्ट्रेलियाबाट फर्कने, तीन वर्षको प्रतिबन्ध पनि लाग्यो : कोभिड संक्रमित भएको कुरा लुकाएको खुलासा

आइतबार, ०२ माघ २०७८, १३ : २५
आइतबार, ०२ माघ २०७८

विश्वका नम्बर एक टेनिस खिलाडी नोवाक जोकोविच संघीय अदालतको मुद्दा हारेका छन् । मुद्दा हारेपछि अब उनलाई अष्ट्रेलियाबाट फिर्ता पठाइनेछ । साथै संघीय अदालतले उनीमाथि तीन वर्षका लागि अष्ट्रेलियामा प्रवेश हुन प्रतिबन्ध लगाएको छ । चिफ ओलसापले भने, ‘नोवाक जोकोविचको भिसा बहाल गर्ने अपिल खारेज गरिएको छ ।’

यसअघि आइतबार बिहान अष्ट्रेलिया ओपनका आयोजकले जोकोविच रड लेवर एरिनामा ओमिर केकमानोविचविरुद्ध पहिलो चरणको खेल सोमबार खोल्ने जानकारी दिएका थिए ।

अष्ट्रेलियाली सरकारले के भन्यो ?

अष्ट्रेलियाली सरकारले जोकोविचलाई सार्वजनिक खतरा बताएको छ । यसमा भनिएको छ, ‘अष्ट्रेलिया ओपन टुर्नामेन्टमा आउनुअघि जोकोविच कोरोनाद्वारा संक्रमित थिए, यति हुँदा हुँदै पनि अघिल्लो महिना आफ्नो देश सर्बियाका थुप्रै ठूला कार्यक्रममा उनले भाग लिएका थिए । जोकोविच आफैँले पनि आफू संक्रमित हुँदा पनि एक पत्रकारलाई भेटेको स्वीकारेका थिए । उनले अष्ट्रेलियामा प्रवेश गर्नका लागि इमिग्रेशन फारममा गल्ती पनि गरेका थिए । त्यसैले अष्ट्रेलिया पुग्ने बित्तिकै उनको भिसा रद्द गरिएको थियो ।’

 


 

पहिला जितेका थिए मुद्दाः

जोकोविचको दोस्रो पटक भिसा रद्द भएको हो । पहिलो पटक भिसा रद्द भएको मामिलामा नोवाकले अष्ट्रेलिया सरकारविरुद्ध मुद्दा जितेका थिए । मेलबर्न कोर्टले अष्ट्रेलियाली सरकारद्वारा जोकोविचको भिसा रद्द गर्ने निर्णयलाई गलत मानेको थियो । अदालतले उनका पासपोर्टलगायत अन्य जफत गरिएका सामान तुरुन्त फिर्ता दिन आदेश दिएको थियो । त्यसपछि उनले अभ्यास पनि सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप