बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा कोरोना संक्रमण : १० दिनमै १२ गुणाले बढ्यो

अधिकांश संक्रमित होम आइसोलेशनमा
आइतबार, ०२ माघ २०७८, १४ : १६
आइतबार, ०२ माघ २०७८

बागमती प्रदेशमा पछिल्ला दिन कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । प्रदेशमा पछिल्लो १० दिनमा मात्र कोरोना संक्रमणको दर १२ गुणाले बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पुस २० गते बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २५३ थियो भने पुस ३० गतेसम्म आइपुग्दा कोरोना यो संख्या बढेर ३ हजार ८९ पुगेको छ । प्रदेशमा पुस २१ गतेदेखि क्रमिक रुपमा संक्रमितको संख्या बढेको देखिन्छ ।

पुस २१ गते बागमती प्रदेशका २८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस यता, पुस २२ मा ३५० जना, पुस २३ मा ४३० जना, पुस २४ मा ५३६ जना, पुस २५ मा ६६२ जना, पुस २६ मा ९८६ जनामा संक्रमण देखिएको थियो ।

बागमती प्रदेशमा पुस २७ गतेबाट कोरोना संक्रमितको संख्या ४ अंकमा प्रवेश गरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पुस २७ गते १ हजार ५०८ जनामा संक्रमण पुष्टि भएको थियो । यो पुस २० को तुलनामा करिव ६ गुणा बढी हो ।

पुस २८ गते कोरोना संक्रमणको दर बढेर १ हजार ८५१ जनामा पुग्यो । पुस २९ गते संक्रमितको संख्या २ हजार नाघेको थियो । यस दिन बागमती प्रदेशका २ हजार २१३ जनामा संक्रमण पुष्टि भएको थियो । पुस ३० गतेसम्म आइपुग्दा बागमती प्रदेशमा कोरोना संक्रमणको दर ३ हजारभन्दा बढी पुगेको छ । यस दिन प्रदेशका ३ हजार ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो संख्या पुस २० को तुलनामा १२ गुण भन्दा बढी हुन आउँछ । त्यस्तै माघ १ गते प्रदेशभर २ हजार ८०४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो १० दिनमा सक्रिय संक्रमितको संख्या ६ गुणाले बढी

पछिल्लो १० दिनमा बागमती प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ गुणाले बढेको छ । पुस २० गते प्रदेशभर २ हजार ५२२ जना सक्रिय संक्रमित रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । त्यस यता सो संख्यामा क्रमिक रुपमा वृद्धि हुँदै माघ १ गतेसम्म आइपुग्दा १५ हजार ३३८ जना सक्रिय संक्रमित पुगेका छन् । यो संख्या पुस २० गतेको तुलनामा ६ गुणा बढी हुन आउँछ ।

बागमती प्रदेशमा पुस २१ गते २ हजार ६५६ जना सक्रिय संक्रमित थिए भने पुस २२ गते २ हजार ८३३ जना, पुस २३ मा ३ हजार ९० जना, पुस २४ मा ३ हजार ५१२ जना, पुस २५ मा ४ हजार ४५ जना, पुस २६ मा ४ हजार ८३९ जना, पुस २७ मा ६ हजार १७२ जना, पुस २८ मा ७ हजार ८८१ जना, पुस २९ मा ९ हजार ९२७ जना, पुस ३० मा १२ हजार ८५० जना सक्रिय संक्रमित छन् ।

अधिकांश संक्रमित होम आइसोलेशनमा

बागमती प्रदेशमा कोरोना भाइरसका अधिकांश सक्रिय संक्रमित होम आइसोलेशनमा छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेका छन् ।

कुल १५ हजार ३३८ जना सक्रिय संक्रमितमध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा बसेका छन् । अन्य संक्रमित भने प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने जेनरल आइसोलेशनमा २२८ जना, एचडीयूमा ३१४ जना, आइसीयूमा ७५ जना र भेन्टिलेटरमा १६ जना छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप