एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता
एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो । हालैमात्र दुई संस्थाबीच भएको यस सम्झौतापश्चात अब विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने भएको बैंकले बताएको छ ।
रेमिट्यान्सको दायरालाई अझ विस्तार गर्दै एनआईसी एसिया बैंकले मलेसियाबाट समेत पैसा पठाउन मिल्ने गरी वर्ल्ड रेमिटसँग साझेदारीको घोषणा गरेको जनाएको छ । यसबाट मलेसियामा बस्दै आएका नेपालीहरुले बिना झन्झट सजिलै वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालमा पैसा पठाउन सक्ने समेत बैंकले बताएको छ ।
साथै, विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका बैंकको १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत समेत सहज रुपमा नगद प्रवाह गर्न सकिने बैंकको भनाई छ । बैंक र वर्ल्ड रेमिटबीचको यस साझेदारीले मलेसियामा रहेका लाखौं नेपालीहरुलाई नेपाल रकम पठाउन सहज हुने बैंकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह