शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित

आइतबार, ०२ माघ २०७८, १५ : २८
आइतबार, ०२ माघ २०७८

नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ ।  यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशिष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो । 

पुलिस आठ खेलमा सात अंक जोडेर ११ औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३ औं स्थानमा छ  । ‘ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप