शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको एक महिने माधवनारायण मेलाबारे अन्योल

आइतबार, ०२ माघ २०७८, १५ : ४५
आइतबार, ०२ माघ २०७८

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी घाटमा सुरु हुने भनिएको माधवनारायण ब्रत तथा मेला अन्योलमा छ । नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरु हुने भएपनि कोरोना भाइरसका कारण आजसम्म अन्योल नै छ । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी नहुन निर्देशन दिएको छ । ब्रतालुले आज जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकामा ब्रत तथा मेला निरन्तरताको माग गरेका छन् । 

माधवनारायण धलौँ (ब्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले सयौँ वर्षदेखिको मेला अन्योलमा परेको र परम्परा रोकिने डर भएपछि प्रशासन र नगरपालिका धाएको बताए । ब्रत बस्ने सबैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र ब्रत परम्परा धान्न नौ जनाभन्दा बढी ब्रतालु नबस्ने गरी परम्रपरा चलाउन खोजेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परम्परा र धार्मिक कार्य रोक्ने प्रशासनको मनसाय नभएको तर २५ जनाभन्दा कम सङ्ख्यामा स्वास्थ्य मापदण्ड अपनाएर परम्परा चलाउन सकिने बताइन् । हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन हनुमान घाटस्थित त्रिवेणमा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमामा सम्पन्न हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप