शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको पानी घरघरमा पुर्‍याउन एक हजार २२० किलोमिटर वितरण संजाल विस्तार

आइतबार, ०२ माघ २०७८, १६ : २२
आइतबार, ०२ माघ २०७८

मेलम्चीको खानेपानीको दीगो एवम् भरपर्दो प्रणाली मार्फत काठमाडौं उपत्यकाबासीको घर घरमा उपलब्ध गराउनका लागि परियोजनाले हालसम्म करिव एक हजार २२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल विस्तार गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) को सहकार्यमा काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा गरी कुल एक हजार २२० किलोमिटर नयाँ खानेपानीको पाइपलाइन बिच्छाएको हो । 
यसबाट ती क्षेत्रका करिव एक लाख घरधुरीमा खानेपानीका नयाँ पाइपलाइन पुगेको केयूकेएलले जानकारी दिएको छ । यसैगरी, काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानी संजाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथ बाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानीको पाइपलाइन विच्छ्याउने कार्यलाई तीब्रता दिइरहेको केयूकेएलले जानकारी दिएको छ । 

यस क्रममा काठमाडौं चपक्रपथभित्रको गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लुक्षेत्रमा गरी कुल २२४ किलोमिटर मध्ये ५० किलोमिटर र बसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडिगाउँ क्षेत्रमा गरी २४९ किलोमिटर मध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिच्छ्याइ सकिएको केयूकेएलले जानकारी दिएको छ । 

जसबाट सो क्षेत्रका कुल ५३ हजार १०६ घरधुरीमध्ये ११ हजार ६२८ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको केयूकेएलको भनाई छ । यसैगरी, काठमाडौंको चक्रपथ बाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चावहिलको बाहिरी भाग र तीनचुली लगायतका क्षेत्रमा पनि कुल २९० किलोमिटरमध्ये हालसम्म ६४ किलोमिटर पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भएको संस्थाले बताएको छ । जसबाट ९ हजार ७७६ घरधुरीमध्ये ४ हजार ३६ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको केयूकेएलले बताएको छ ।

नयाँ वितरण संजालका विस्तारका साथसाथै अहिले खानेपानी चुहावट नियन्त्रणका लागि पनि परियोजनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण संजालका पाइपलाइनहरूको परीक्षण गर्ने कार्य समेत गरिरहेको बताएको छ ।

हाल काठमाडौं उपत्यकाभित्रका विभिन्न क्षेत्रमा पानी वितरणका लागि परियोजनाले खानेपानी भण्डारण गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरी कूल ७४ हजार ५०० घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न गरेको छ । जसमध्ये ७७ किलोमिटर थोक वितरण संजालको परीक्षण गर्ने कार्य सम्पन्न गरी अहिले संचालनका लागि तयारी अवस्थामा राखिएको केयूकेएलले जानकारी दिएको छ । बाँकी केयूकेएलकै पराना आठ वटा खानेपानी भण्डारण ट्याङ्कीहरूलाई समेत नयाँ खानेपानी वितरण प्रणालीसँग जोडिएको परियोजनाले बताएको छ ।

तर हाल मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आएको छैन । गत कात्तिक अविरल वर्षासँगै गएको बाढी पहिरोले परियोजनामा क्षती पुर्‍याउँदा मेलम्चीबाट काठमाडौंको पानी वितरण टुटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप