मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खल्ती एप्सको कर्मचारी हुँ भन्दै ‘ओटीपी कोड’मागेर ठगी

२ जना किशोर पक्राउ
आइतबार, ०२ माघ २०७८, १८ : १९
आइतबार, ०२ माघ २०७८

खल्ती एप्सको ‘कर्मचारी हुँ’ भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले दुईजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–२ घर भएका १८ वर्षका निरञ्जन कुमार गुप्ता र १८ वर्षीय करण यादव छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर उनिहरुलाई पुस ३० मा पक्राउ गरेर काठमाडौं ल्याएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।

आरोपीहरुले खल्ती एप्स प्रयोगकर्तालाई फोन गरेर ‘म खल्ती एप्सको कर्मचारी हुँ, तपाईको खल्ती खाता नवीकरण गर्नुपर्ने रहेछ’ भन्थे । पीडितलाई विश्वासमा लिएर मोबाइल नम्बरमा आउने ओटिपी कोड ‘कसैलाई नदिई टिपाउनुहोला’ भनेर उनीहरुले कोड लिने गरेका थिए ।  सो कोड पाएपछि पीडितको खातामा प्रवेश गरेर त्यहाँ भएको रकम विभिन्न व्यक्तिहरुको बैंक खातामा ट्रान्सफर गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

निरञ्जन र कणको समूहले अहिलेसम्म ४ जनाको खातामा प्रवेश गरेर २ लाख रुपैयाँ ठगेको भेटिएको एसएसपी कुँवरले बताए । लुटमा संलग्न अरु दुईजना फरार छन् । उनीहरुले मोवाइल नम्बर ९८४८३९६४९२ बाट फोन सम्पर्क गर्ने गरेका थिए । आरोपीहरुलाई ठगी मुद्दामा कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप