शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानी नागरिकलाई महासंघको सहयोग

आइतबार, ०२ माघ २०७८, १८ : ४९
आइतबार, ०२ माघ २०७८

नेपाल उद्योग वाणिज्य महासंघले अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत त्यसतर्फ पठाएको हो ।

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका थिए । मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाँडाकुँडा लगायत बन्दोबस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो ।

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापन केहि सहज होस् भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो । नेपालबाट सहयोग सामाग्री बोकेको जहाज आजै अफगानिस्तानको राजधानी काबुलतर्फ गइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप