शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थोरै जनशक्तिले कार्यालय सञ्चालन गर्न जङ्गी अड्डाको सर्कुलर

आइतबार, ०२ माघ २०७८, १९ : ०९
आइतबार, ०२ माघ २०७८

नेपाली सेनाले कोभिड–१९ को तेस्रो चरण सुरु भएसँगै थोरै जनशक्तिले सैनिक गतिविधि सञ्चालन गर्न देशभर सर्कुलर गरेको छ । नेपाली सेनाको युद्धकार्य निर्देशनालयले आइतबारबाट लागु हुने गरी उपत्यका सहित चारवटा कमाण्ड र मातहतका सबै युनिटलाई सो सर्कुलर गरेको हो ।

सर्कुलर अनुसार कार्यालय सञ्चालन गर्दा न्यूनतम जनशक्ति मात्रै परिचालन गर्न भनिएको एक जना उच्च सैनिक अधिकारीले रातोपाटीलाई बताए । सेनाले अन्य सैनिक गतिविधि गर्दा पनि न्यूनतम सैनिक सङ्ख्या परिचालन गर्न भनेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक करिब ५ हजारको हाराहारीमा पुग्न थालेपछि सेनाले सो सर्कुलर हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप