बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समाजसेवी थापा सम्मानित

आइतबार, ०२ माघ २०७८, १९ : १६
आइतबार, ०२ माघ २०७८

समाजसेवी उज्ज्वल विक्रम थापालाई सिन्धुलीमा एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले एक कार्यक्रमको आयोजना गरी आज अभिनन्दन गरेको हो ।

पुर्ख्यौली घर सिन्धुली रहेका थापाको पहलमा नेपाल सरकारलाई ऐन नै बनाएर तेजाब लगायत जलन पीडितहरूको निःशुल्क उपचार र न्याय तथा रोजगारीका लागि बाध्य पार्नु भई सरकारले ऐन ल्याएको छ । थापाले भूकम्प पीडितलाई ५ सय ७६ ओटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण समेत गरेको थियो । 

थापाले लामो समय देखि तेजाब पीडितहरूलाई सहयोग गर्दै आइरहेका छन् । थापाको एकल सहयोगमा १८ वर्ष मुनिका बालबालिकालाई सुस्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिका अध्यक्ष डण्ड गुरुङले थापालाई अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए । फोनिज सिन्धुलीका अध्यक्ष रोहित कुमार गुरुङ अध्यक्षतामा भएको अभिनन्दन समारोहमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सचिव राजन गाउँले, नेपाल पत्रकार महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारी लगायतले मन्तव्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप