मोबाइल बैंकिङ प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे
डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या पाँच लाख ११ हजार १५६ ले बढेर एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको हो । गत कात्तिक मसान्तसम्म यस्तो मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या एक करोड ५४ लाख ३० हजार ३७९ रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवा लिने सेवाग्राहीहरूको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ । बैंकको अनुसार गत कात्तिक मसान्तसम्ममा कुल १२ लाख ६३ हजार ८८३ जनाले इन्टरनेट बैंकिङ सेवा लिएकामा मङ्सिर मसान्तसम्ममा यस्तो सङ्ख्या तीन लाख भन्दा बढीले बढेर १५ लाख २० हजार ६०० पुगेको छ ।
यस्तै, डिजिटल भुक्तानी सेवा अन्तर्गतको वालेट सेवा लिनेहरूको सङ्ख्या मङ्सिर मसान्तसम्ममा एक करोड चार लाख १९ हजार ६७८ पुगेको जनाएको बैंकले एटीएम कार्ड, डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूको सङ्ख्या क्रमशः ९७ लाख ५७ हजार ९१९ र २ लाख १० हजार ६७३ पुगेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा
-
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार