
अक्षयको ‘बच्चन पाण्डे’ को सुटिङ सेटमा आगलागी
अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ को सुटिङ सेटमा आगलागी भएको छ । फिल्म सेटमा शनिबार आगलागी भएको हो । मिडिया रिपोर्टका अनुसार फिल्मको सुटिङ लगभग पुरा भैसकेको थियो । फिल्म मेकर्स पेचवर्कमा काम गरिरहेका थिए ।
अक्षयकुमार अभिनेत्री कृति सेननका साथ पेचवर्कको सुटिङमा ब्यस्त थिए । यही क्रममा सेटमा आगलागी भएको हो । आगलागी छिट्टै नियन्त्रण भएको थियो । आगलागीले फिल्म सेटमा के कति क्षति भयो भन्ने विवरण अहिले भने बाहिर आएको छैन ।
फिल्ममा अक्षय र कृतिको अलवा ज्याकलिन फनान्डिस पनि मुख्य भूमिकामा छिन् । अक्षय अब फिल्म ‘सेल्फी’ को सुटिङमा ब्यस्त हुनेछन् । फिल्ममा उनको अलवा इमराम हाशमीको मुख्य भूमिका रहनेछ ।
राज मेहता निर्देशक रहने फिल्म अरुणा भाटिया, हिरु यस जौहर, सुप्रिया मेनन लगायतले बनाउन लागेका हुन् । फिल्म २०२२ मा फिल्म हलमा आउनेछ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ