शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

११ केजी चाँदीसहित एक भारतीय पक्राउ

आइतबार, ०२ माघ २०७८, २० : ५८
आइतबार, ०२ माघ २०७८

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आज ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको हो ।

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ३३ प ८५२६ नंको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीको भित्र फल्स बटन बनाई सोहीभित्र लुकाइछिपाइ राखिएको उक्त चाँदी बरामद गरिएको थियो ।

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले रु १२ लाख ४२ हजार ९७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबी रिङ, बुट्टी तथा कल्लीलगायत तयारी गहना फेला परेका हो । बरामद तयारी गहनासहित पक्राउ परेका मोटरसाइकल चालक गुप्तालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न भएको आरोप आमाछोरा पक्राउ

एक बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमाछोरालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–८ टोल कोतवाली निवासी २० वर्षीय छोरा सन्तोष साह कानु र ४० वर्षीय आमा शान्ति देवीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

बारा आदर्श कोतवाल गाउँपालिका–७ की नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस २७ गते गाउँपालिका–७ स्थित जमुनी खोलामा बालिकाको शव फेला परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप