शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करीमा मुछिए पर्यटन बोर्डका सीईओ

आइतबार, ०२ माघ २०७८, २१ : २१
आइतबार, ०२ माघ २०७८

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएका छन् । २०७४ साल पुस ७ गते  कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको खुलासा भएको हो ।  उनीमाथि पर्यटन बोर्डले गरेको छानबिनको क्रममा कतार एयरलाइन्सको उडान नम्बर क्युआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परको खुलासा भएको हो ।  

सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो । सो मुद्दामा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो । 

पर्यटन मन्त्रालयले विमानस्थल भन्सार कार्यालयलाई पत्राचार गरेर रेग्मीबारे जानकारी माग गर्दा भन्सार कार्यालयले यसबारे जानकारी गराएको हो । भन्सारले पुस ३० मा मन्त्रालयलाई लेखेको उक्त पत्र आइतबार सार्वजनिक भएको हो । यस सम्बन्धमा रेग्मीको भने कुनै प्रतिक्रिया आइसकेको छैन । पछिल्लो समय पर्यटनमन्त्री प्रेम आले र रेग्मीबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ भने आलेले उनलाई सीईओबाट हटाएपनि सर्वोच्च अदालतले थमौती दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप