शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट बाजुरामा एक जनाको मृत्यु

आइतबार, ०२ माघ २०७८, २१ : ५४
आइतबार, ०२ माघ २०७८

कोरोना संक्रमितको संख्या बढेसँगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय कोरोना संक्रमित बजिर बुढाको मृत्यु भएको हो । कैलालीको गौरीफन्टा नाकमा चेकजाँच गर्दा बुढामा संक्रमण पुष्टि भएको थियो । उपचारका लागि भारत गएका बुढाको गौरीफन्टा नाकामा परीक्षण हुँदा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । 

केहि दिन अगाडि कोरोना संक्रमण पुष्टि भएका बुढाको आज मृत्यु भएको उनले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढाको आजै दाहसंस्कार गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार भएको स्थानीयले बताएका छन् ।

मृतक बुढासँग आएका अन्य स्थानीय भने होम आइसोलेसनमा छन् । देशभर कोरोना संक्रमण वृद्धि हुन थाले पछि बाजुरामा पनि संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ ।

हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये बडिमालिका नगरपालिकामा ८ जना, बुढीगंगा नगरपालिकाका १ र बुढीनन्दा नगरपालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ । जिल्ला भर संक्रमण फैलिने दर उच्च हुँदा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन जिल्ला अस्पताल बाजुराले आग्रह गरेको छ ।

जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले प्रत्येक दिन संक्रमित थपिने दर उच्च रहेको बताउँदै संक्रमण दर रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे ।  अस्पतालमा दैनिक एन्टिजेन परीक्षण गर्न आउनेको संख्यामा वृद्धि हुन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप