८६ वर्षीय बलिउड अभिनेता धर्मेन्द्रको यस्तो छ कोरोनाबाट बच्ने तरिका
बलिउडमा कोरोना कहर दिन प्रतिदिन बढ्दो छ । अहिलेसम्म बलिउडका कयौं स्टार कोरोना संक्रमित भएका छन् । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र भने कोरोनासँग बच्न अनेक उपाय गरिरहेका छन् । यसैबीच उनले आफ्नो फिटनेस राज समेत शेयर गरेका छन् । जसमा उनले आफुलाई फिट राख्न नियमित वाक गर्ने गरेको बताएका छन् ।
८६ वर्षका धर्मेन्द्र आफुलाई कोरोनाबाट सुरक्षित राख्न अहिले मुम्बईबाट टाढा इन लोनावालामा रहेको आफ्नो फर्म हाउसमा बस्छन् । त्यहाँ उनले आफु फिट राख्न नियमित एक्सरसाइज र नियमित चेकअप समेत गर्ने गरेको बताए । ‘मलाई ‘दमन’ को सुटिङका लागि जानुपर्ने थियो । तर मैले सुटिङ क्यान्सिल गर्दिए’ धर्मेन्द्रले भने ।
धर्मेन्द्र छिट्टै करण जौहरको फिल्म ‘रकी और रानीको प्रेम कहानी’ मा देखिनेछन् । यसको अलवा उनी होम प्रोडक्सनको फिल्म ‘अपने २’ मा समेत काम गर्नेछन् । फिल्ममा उनको अलवा उनका दुई छोरा सनी देओल, बबी देओलको अलवा सनी देओलका छोरा करण देओलको पनि अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)