रियललाई १२ औँ पटक सुपर कप उपाधि
सोमबार, ०३ माघ २०७८, ०६ : ४७
रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई हराउँदै १२ औँ पटक सुपर कप उपाधिमाथि कब्जा जमाएको छ । रियलको जीतमा लुका मोड्रिच र करिम बेन्जेमाले एक एक गोल गरे ।
साउदी अरबको रियादस्थित किंग फहाद अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा मोड्रिचले रियललाई अग्रता दिलाए । बिल्बाओका खेलाडीले ह्याण्डबल गरेपछि रियलले पेनाल्टी पायो जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।
खेलको अन्त्यतिर रियलका एडर मिलिटाओले हातले बल रोकेपछि मैदानबाहिर जान परेको थियो । बिल्बाओले पनि यसबाट पेनाल्टी पायो तर राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे । जीतसँगै रियल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ