शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इंग्लिस प्रिमियर लिगकाे दोस्रो स्थानमा उक्लियो लिभरपुल

सोमबार, ०३ माघ २०७८, ०७ : २९
सोमबार, ०३ माघ २०७८

लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेकाे हाे । जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले १-१ गोल गरे । 

४४औँ मिनेटमा फाविन्होले सुरुआती गोल गरे । ६९औँ मिनेटमा एलेक्सले गोल गर्दा लिभरपुल २-० ले अघि बढ्यो । ७७औँ मिनेटमा ताकुमीले गोल गर्दा लिभरपुलले सहज जित पार्‍याे । 

जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ । शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औंं स्थानमा छ ।

अर्काे खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप