
जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै जनमत पार्टीद्वारा १८ दिने आन्दोलनका कार्यक्रम घोषणा

जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा गरेको छ । आइतबार बस जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको तेस्रो लहरलाई बेवास्ता गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा आन्दोलनको घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको उल्लंघन गरी सिके राउतको पार्टीले आन्दोलन गरिरहेको छ ।
सभा समारोह लगायत भीडभाड हुने कार्यक्रममा सरकारले रोक लगाएको छ । तर जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारको निर्णयलाई चुनौती दिएको छ । यद्यपि आन्दोलन गर्दा स्वास्थ्य मापदण्ड लागू गर्न भने जनमत पार्टीले अनुरोध गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ