शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँको बलम्बुमा कैँचीले रोपेर युवकको हत्या, दुईजना पक्राउ

सोमबार, ०३ माघ २०७८, १० : १८
सोमबार, ०३ माघ २०७८

चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिंगलमा कैँचीले रोपेर युवकको हत्या गरिएको छ । आइतबार मध्यान्ह दुईजना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको छ ।

हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेत छन् ।

आरोपीहरूले कैँची र दाउले हिर्काउँदा गम्भीर घाइते भएका रोशन रिजालको एपीएफ अस्पतालमा मृत्यु भएको थियो । आक्रमणबाट रुपन्देही घर भई चन्द्रागिरि स्थित कालापानीमा बस्ने निरज मगर घाइते भएका छन् ।

मृतक र आरोपी साथी हुन् । आपसी विवाद हुँदा १५ वर्षीय किशोर अनुजले कैँचीले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृतकको छातीको देब्रेतर्फ गहिरो चोट देखिएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी मैनालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप