शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालोपयोगी केही सामान्यज्ञान

सोमबार, ०३ माघ २०७८, १० : ४७
सोमबार, ०३ माघ २०७८

१, मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार विवाह गर्न कति वर्ष पुगेको हुनुपर्छ ?

(क) १८ वर्ष, (ख) १९ वर्ष, (ग) २० वर्ष, (घ) २१ वर्ष

२, नेपालको कुन ठाउँलाई कान्छी नेपाल भनेर चिनिन्छ ?

(क) डोटीको सिलगढी, (ख) दार्चुलाको खलङ्गा, (ग) वैतडीको पाटन, (घ) बाजुराको मार्तडी

३, मानव न्यायशास्त्र नामक ग्रन्थका लेखक कुन मल्ल राजा हुन् ?

(क) प्रताप मल्ल, (ख) जयस्थिति मल्ल, (ग) भूपतीन्द्र मल्ल, (घ) यक्ष मल्ल

४, महाभारतको युद्ध भएको भनिएको स्थानलाई के भनिन्छ ?

(क) प्रभाष क्षेत्र, (ख) हरिहर क्षेत्र, (ग) रणमैदान (घ) कुरु क्षेत्र

५, हरेक वर्ष कुन दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ ?

(क) सेप्टेम्बर ८, सेप्टेम्बर ९, सेप्टेम्बर १०, सेप्टेम्बर ११

६,नेपालको कुन स्थानलाई चराका लागि स्वर्ग भन्ने गरिएको छ ?

(क) चितवन राष्ट्रिय निकुञ्ज, (ख) कोशी टप्पु वन्यजन्तु आरक्ष, (ग) अन्नपूर्ण शिकार आरक्ष, (ग) बर्दिया राष्ट्रिय निकुञ्ज

७, हाल संयुक्त राष्ट्रसङ्घको आधिकारिक भाषा कतिवटा छन् ?

(क) ४ वटा, (ख) ५ वटा, (ग) ६ वटा, (घ) ७ वटा

८, बेलायतको ग्रीनविच भन्ने स्थान कति डिग्री देशान्तरमा पर्छ ?

(क) ० डिग्री, (ख) १ डिग्री, (ग) २ डिग्री, (घ) ३ डिग्री 

९, विश्वको कुन शहरलाई साइकलको शहर भनेर चिनिन्छ ?

(क) रुसको मस्को, (ख) चीनको बेइजिङ, (ग) भारतको दिल्ली, (घ) नेपालको वीरगञ्ज

१०, नेपालमा हाल कतिवटा महानगरपालिका छन् ?

(क) ४ वटा, (ख) ५ वटा, (ग) ६ वटा, (घ) ७ वटा

११, लिम्बु भाषाको लिपिलाई के भनिन्छ ?

(क) रोङ, (ख) सिरिजङ्गा, (ग) ब्राह्मी, (घ) देवनागरी

१२, दक्षिण एसियामा भारतपछि सबैभन्दा बढी भाषा भएको मुलुक कुन हो ?

(क) पाकिस्तान, (ख) अफगानिस्थान, (ग) श्रीलङ्का, (घ) नेपाल

१३, मानव शरीरको सबैभन्दा ठूलो ग्रन्थीलाई के भनिन्छ ?

(क) मृगौला, (ख) फोक्सो, (ग) कलेजो (घ) मुटु

१४, सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ भन्ने अभियान चलाउने प्रदेश कुन हो ?

(क) सुदूर पश्चिम प्रदेश, (ख) कर्णाली प्रदेश, (ग) दुई नम्बर प्रदेश, (घ) लुम्बिनी प्रदेश

१५, नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको थियो ?

(क) लिच्छविकाल, (ख) मल्लकाल, (ख) राणाकाल, (घ) पञ्चायतकाल

१६, विश्वको सबैभन्दा गहिरो सागरलाई के भनिन्छ ?

(क) लालसागर, (ख) कृष्णसागर, (ग) क्यारेवियन सागर, (घ) बङ्गोवसागर

१७, नेपालमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको दिन कुन हो ?

(क) २०७८ माघ १०, २०७८ माघ ११, २०७८ माघ १२, २०७८ माघ १३

उत्तरहरू :– १–(ग), २–(क), ३–(ख), ४–(घ), ५–(क), ६–(ख), ७–(ग), ८–(क) ९–(ख),

१०–(ग), ११–(ख), १२–(घ), १३–(ग), १४–(क), १५–(ख), १६–(ग), १७–(क)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप