शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी

सोमबार, ०३ माघ २०७८, ११ : ०४
सोमबार, ०३ माघ २०७८

बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर विदुर कार्कीले बताए ।

डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेको छ ।  नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुनः सम्झौता  गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।

नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् । अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप