शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिमः वाम लोकतान्त्रिक संयन्त्रको संयोजकमा सोडारी

सोमबार, ०३ माघ २०७८, १२ : ११
सोमबार, ०३ माघ २०७८

राष्ट्रिय सभा निर्वाचनमा ‘वाम लोकतान्त्रिक गठबन्धन’का उम्मेदवारलाई जिताउन तीन सदस्यीय सयन्त्र गठन भएको छ । सोमबार धनगढीमा बसेको तीन दलीय गठबन्धनको  बैठकले नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको हो ।

संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट नृपबहादु वड र नेकपा माओवादी केन्द्रका तर्फबाट मानवहादुर धामी सदस्य रहेका छन् । बैठकमा सुदूरपश्चिम क्षेत्रबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरु मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र र जगतबहादुर पार्कीको उपस्थिति थियो ।
शाह नेकपा (एकीकृत समाजवादी), मिश्र नेपाली काँग्रेस, पार्की माओवादीका तर्फबाट उम्मेदवार छन् । शाह महिला, मिश्र खुला तथा पार्की दलित तर्फका उम्मेदवार हुन् ।

बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर वलायर, माओवादीका नेता खगराज भट्ट, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही र जनता समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य मालामति राना लगायतको उपस्थिति थियो । राष्ट्रिय सभाको चुनाव माघ १२ गते धनगढीमा हुँदैछ । सो चुनावमा ८८ स्थानीय तहका १७५ जना प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका ५२ जनाले मतदान गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप