
कर्मचारीमा कोरोना, श्रम मन्त्रीको पत्रकार सम्मेलन रद्द

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयले भनेको छ– ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलन मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमका कारण रद्द गरिएको जानकारी गराइन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरू इमेलमार्फत पठाइनेछ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ