शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

सोमबार, ०३ माघ २०७८, १३ : २१
सोमबार, ०३ माघ २०७८

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । 

बलिङतर्फ प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादवले १० रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले दुई–दुई तथा करण केसी र सागर ढकालले एक–एक विकेट लिए । 

जीतसँगै पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहमा चारवटै खेलमा जित निकाल्दै पुलिसले आठ अङ्क जोड्यो । समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले चार खेलबाट ६ अङ्क जोडेको छ । आर्मीले दुई खेलमा जीत तथा एउटामा प्रदेश १ सँग अङ्क बाँडेको थियो । आर्मी सो समूहबाट उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । सोही समूहमा रहेको सुदूरपश्चिम प्रदेशले चार, कर्णाली प्रदेशले दुई तथा प्रदेश नं १ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप