शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु

सोमबार, ०३ माघ २०७८, १४ : २४
सोमबार, ०३ माघ २०७८

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।

प्रदेशसभा सदस्यहरु परमेश्‍वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्‍वर साहले पेश गरेपछि मतदान सुरु भएको छ ।

स्थायी राजधानीका लागि दुई तिहाई मतको अवश्यक पर्छ । हाल प्रदेशमा १ सय ४ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये ७० मतको आवश्यकता पर्छ । सभामुख सरोज कुमार यादवले प्रदेशसभा कक्षको छेउमा रहेको भवनमा मतदान गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप