शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजकुमार ह्यारीले कानुनी कारवाहीको चेतावनी दिँदै भने, ‘मेरो प्रहरी सुरक्षा बहाल होस्’

सोमबार, ०३ माघ २०७८, १४ : ४०
सोमबार, ०३ माघ २०७८

बेलायतको शाही परिवारको समस्या कम हुने नाम नै लिइरहेको छैन । पछिल्लो घटना महारानी एलिजाबेथका नाती राजकुमार ह्यारीसँग सम्बन्धित छ । ह्यारीले आफ्नो प्रहरी सुरक्षालाई बहाल गर्नुपर्ने माग राखेका छन् । यदि यस्तो नभएको खण्डमा आफूले कानुनी कारवाही पनि गर्ने चेतावनी दिएका छन् । बेलायतको शाही परिवारमा यस्तो पहिलो पटक हुनेछ जब कोही सदस्य सरकारविरुद्ध अदालतमा मुद्दा लड्नेछन् ।

प्रहरीको सुरक्षाबिना ससेक्समा आउनु उनका लागि सुरक्षित नभएको उनको ठहर छ । ह्यारीले आफू प्रहरी सुरक्षाको खर्च उठाउन पनि तयार भएको बताएका छन् ।

ह्यारीले दुई वर्ष अघि आफ्नो शाही दायित्व छोडिसकेका छन् । स्मरण रहोस्, महारानीले हालै आफ्ना कान्छा छोरा प्रिन्स एन्ड्रयूलाई सेक्स स्क्यान्डलमा फसेका कारण शाही उपाधि खोसेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप