
मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भीड, तोडियो स्वास्थ्य मापदण्ड

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।
मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १ सय जना सहभागी भएका छन् । उता, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अन्य कर्मचारीहरुसहित मन्त्री समेत कन्ट्रयाक ट्रेसिङमा परिरहेका बेला मन्त्रालयमा अत्याधिक भीडभाडसहित पत्रकार सम्मेलन गर्दा स्वास्थ्य मापदण्डको उल्लंघन हुने जानकारहरु बताउँछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ