मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठका सय दिने काम :  ‘पेपरलेस’ श्रम स्वीकृतिदेखि आन्तरिक रोजगारी प्रवद्र्धनसम्म (सूचिसहित)

सोमबार, ०३ माघ २०७८, १९ : ००
सोमबार, ०३ माघ २०७८

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सोमबार जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको अवसरमा मन्त्री श्रेष्ठले गरेका कामहरुको सुची सार्वजनिक गरेका हुन् । 

सय दिनको अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री श्रेष्ठको भनाइ छ । त्यस्तै उनले सचूना प्रबिधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतीलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रादनको सुरुवात, आन्तरिक रोजगारीमा प्रवद्र्धन, सेवा प्रवाहमा सहजीकरण,संगठन व्यवस्थापन र सुधार, सामाजिक सुरक्षालगायत ३५ बुँदे सुधारको काम गरेको दावी गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप