मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

सोमबार, ०३ माघ २०७८, १६ : ४०
सोमबार, ०३ माघ २०७८

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ उत्पादन ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । रमका पारखीहरुले ट्रिपल एक्स रममा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् । ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले  स्पाइस्ड रम बजारमा ल्याएको हो । यसअघिका वर्षहरुमा जापान र कोरियामा निर्यात हुने गरेको यो रम त्यहाँ निकै रुचाइएको उत्पादन नै अहिले नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । 

प्रिमियम ट्रिपल एक्स रमको भन्दा स्पाइस्ड रमको बजार मूल्य केही बढी हुने कम्पनीले जनाएको छ । स्वाद र गुणस्तरमा अझ विशेष भएकोले मूल्यमा वृद्धि हुने महाप्रबन्धक सुभास लामिछानेले बताए । 
स्पाइस्ड रम उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा प्राप्त हुने कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र बजारमा पठाउन सकिने लामिछानेले बताए । उत्पादन क्षमता आगामी वर्षदेखि बढाउने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप