शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४५०० वर्ष पुरानो बायोइन्जिनियर्ड हाइब्रिड जनावर भेटियो, वैज्ञानिक किन चिन्तित ?

सोमबार, ०३ माघ २०७८, १६ : ५५
सोमबार, ०३ माघ २०७८

बायोइन्जिनियरिङ नौला कुरा होइन । हाइब्रिड जनावर हज्जारौँ वर्ष अघि पनि हुन्थे । हालै पुरातत्वविदले एक प्राचिन बायोइन्जिनियर्ड जनावरको कंकाल भेटेको छ । यो करिब ४५०० वर्ष पुरानो हो ।

यसलाई प्राचिन समयमा कुंगास भनिन्थ्यो । यो घोडा थियो वा गधा, निश्चित हुन सकेको छैन तर यो सिरियामा पाइने जंगली गधाजस्तो थियो । वैज्ञानिक यो खोजबाट यति हैरान छन् कि उनीहरुले हज्जारौँ वर्ष अघि पनि विज्ञान यति अघि कसरी थियो भनेर बुझ्न सकेका छैनन् ।

एक नयाँ शोधका अनुसार मेसोपोटामियामा युद्धका लागि घरेलु गधालाई जंगली गधासँग हाइब्रिड गरिएको थियो । अर्थात्, ४५०० वर्ष अघि बायोइन्जिनियर्ड हाइब्रिड जनावर बनाइने गर्दथे । जबकी घोडाको हाइब्रिड प्रयोग यो कामका लागि ५०० वर्ष पछि गरिएको थियो । यो शोध पेरिसस्थित इन्स्टिच्युट ज्याक मोनोडमा गरिएको छ । यो शोध हालै साइन्स एडभान्सेस नामको जर्नलमा प्रकाशित भएको छ ।

२५०० ईसापूर्वमा युद्धको रथ तान्थे कुंगासः

वैज्ञानिकले यो कंकालको डीएनएनको शोधबाट यो कुंगास नै हो भन्ने तथ्य प्राप्त गरे । तर यी कुन दुई जनावरलाई मिसाएर बनाइएको थियो भनेर चाहिँ पत्ता लाग्न सकेको छैन । कुंगासले युद्धको समयमा उपयोगमा ल्याइने रथलाई तान्ने गर्दथ्यो । यसबाहेक यसले सर–सामानको ढुवानीको काम पनि गर्दथ्यो । किनभने यसको उचाई कम थियो र यो तीब्र गतिमा दौडन सक्थ्यो ।

 इन्स्टिच्युट ज्याक मोनोडको जिनोमिमिस्ट इवा–मारिया गिगलले दिएको जानकारी अनुसार कंकालको शोधपश्चात् यो घोडाजस्तो जीव भएको पत्ता लाग्यो । तर यो गधाको शरीरको संरचनाको हिसाबले सेट हुँदैनथ्यो । न नै सिरियाको जंगली गधाजस्तो थियो यो । यो कुनै तरिकाले यी जीवभन्दा भिन्न थियो । तर यसमा कस्तो खालको अन्तर थियो भन्न पनि मुश्किल छ । गिगलले भनिन्, ‘हामी अहिले पनि यसबारे अनुसन्धान गरिरहेका छौँ, पुराना दस्तावेज र कलाकृतिबाट रिफरेन्स लिइरहेका छौँ ।’

कुन दुई जनावरका हाइब्रिड हुन्, यसबारे भइरहेको छ अनुसन्धानः

इवा–मारिया गिगलका अनुसार कुंगास असाध्यै शक्तिशाली, तेज र नपुसंक जीव थियो । कुंगास घरेलु पोथी गधा र सिरियाको जंगली भाले गधा वा हेमियोन नामको जीवको हाइब्रिड भएको मान्यता राखिन्छ । प्राचिन दस्तावेजमा कुंगास असाध्यै महँगो जीव भएको बताइन्छ । यसको ठिमाहा विकसित गर्न पनि जटिल प्रक्रिया थियो । यो जीव नपुसंक हुने भएकोले यसको अर्को पीढि हुँदैनथ्यो । यसले नयाँ बच्चा जन्माउन नसक्ने भएकोले नयाँ कुंगासलाई बायोइन्जिनियर्ड तरिकाले हाइब्रिड गराइन्थ्यो ।

कुंगासबारे मेसोपोटामियाको थुप्रै प्राचिन दस्तावेज, पाण्डुलिपी, शिलालेख र कलाकृतिमा वर्णन गरिएको छ । यसले युद्धका बेला चार पाङ्ग्रा भएका रथ तान्ने गर्दथे । लण्डनस्थित बेलायती म्युजियममा राखिएको सुमरेयिन मोज्याकमा यसको प्राचिन चित्र बनाइएको छ । त्यसैले वैज्ञानिकलाई लाग्छ कि यो त्यतिबेलाको ठिमाहा गधा थियो जुन कसरी बनाइएको थियो, त्यसको अनुसन्धान चलिरहेको छ ।

 सन् १९२७ मा समाप्त भएका थिए सिरियाका जंगली गधाः

सिरियाको अन्तिम जंगली गधा सन् १९२७ मा देखिएका थियो । यो ३ फिट अग्लो थियो । यसलाई भियनास्थित संसारको पुरानो चिडियाघर टियरगार्टेन सचोनब्रुनमा राखिएको थियो । अब यसको कंकाललाई नेचुरल हिस्सी म्युजियममा राखिएको छ । सिरियाको जंगली गधाको सबैभन्दा पुरानो अवशेष ११ हजार वर्ष पुरानो हो । यो टर्कीमा पनि पाइन्थ्यो । शोधमा पत्ता लागेअनुसार कुंगास र सिरियाली जंगली गधाको प्रजाति एउटै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप