नक्कली ब्रान्डको मोबिल बनाएर बिक्री गर्ने २ जना पक्राउ

रौतहटस्थित विभिन्न ब्रान्डको नक्कली मोबिल बनाएर बिक्री गर्ने दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका ९ का वीरेन्द्र सिंहका छोरा वर्ष २८ का राणा रोशन सिंह र सोही ठाउँका बालेश्वर सिंहका छोरा ४२ को हरेन्द्र सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।
गौर त ब्रहर्वा पुल नजिक रोशन सिंहले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा र सँगै रहेको सुधीर साहको घरमा गोदाम सञ्चालन गरी क्यास्ट्रोल, बजाज, हिरो होण्डा ब्रान्डको मोबिल बनाउने,अवैध रूपमा भित्र्याएर भण्डारण गरेको मोटरसाइकलका पार्टस्हरु कालोबजारी सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उक्त पसल र गोदाम बाट मोबिल भरिएको ३ हजार बट्टाहरू, खुल्ला मोबिल भरिराखेको २ सय लिटरको टिनको ड्रम-२ थान,र मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ थान बरामद गरेको छ ।
पक्राउ परेका रोशन सिंह र हरेन्द्र सिंह माथि कालोबजारी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अभियुक्त दुवैजना मिलेर पछिल्लो लामसमय देखि भारत बाट खुला मोबिल अवैधरुपमा भित्र्याएर विभिन्न ब्रान्डको मोबिलको खाली बट्टामा रिप्याक गरि सिल गरेर बिक्री गर्दै आएका थिए । यस प्रकारको नक्कली मोबिलको प्रयोगले मोटरसाइकल तथा अन्य चार पाङ्ग्रे सवारी साधनको इन्जिन चाँडो बिग्रिने जानकारहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने