बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड

मङ्गलबार, ०४ माघ २०७८, ०६ : ५३
मङ्गलबार, ०४ माघ २०७८

बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को  बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।

उनले लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पारे । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए ।

चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि दिलाएका प्रशिक्षक थोमस टुकलले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । चेल्सीकै एडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर बने ।  डेनमार्कको राष्ट्रिय टोलीले बेस्ट फिफा फेयर प्ले अवार्ड पायो भने इमा हेयस वर्षको उत्कृष्ट महिला प्रशिक्षक चुनिइन् ।

उता रोनाल्डोलाई सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भएको अवसरमा विशेष अवार्ड दिइएको थियो । एरिक लामेलाले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप